+
+

नेम्वाङको अन्त्येष्टिमा आर्यघाटमा सर्वसाधारणको बाक्लो उपस्थिति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १३:३८

२८ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका छन् ।

बिहीबार दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो । त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका थिए ।

विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्यमान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो उनलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?