Comments Add Comment

सेफ्टी अल्ट्राको डोन्ट स्टप एभर अभियान

२७ माघ, काठमाडौं । सेफ्टी अल्ट्रा–डोन्ट स्टप एभर अभियान नामक अभियान शुरु भएको छ । ज्यास्मीन हाइजिनले नारीलाई महिनावारी भएकै कारणले मात्र सफलता हासिल गर्नबाट बञ्चित तुल्याउनु हुँदैन भन्ने उद्देश्यसहित यो अभियान शुभारम्भ गरेको हो ।

समाजमा छोरीचेलीहरु प्रति उनीहरु महिनावारी हुँदा गरिने व्यवहारबारे बुझ्नै पर्ने उनीहरुको इच्छा आकांक्षा पुरा गर्न रोक लगाउन नहुने ज्यास्मीन हाइजिनका निर्देशक बताउछन् ।

सेफ्टी अल्ट्रा–डोन्ट स्टप एभर अभियान भन्ने हाम्रो अभियानमार्फत् नारीहरुलाई अगाडी बढ्नमा कुनै पनि प्रकारको व्यवधान हुनु हुँदैन भन्ने मान्यता स्थापित गराउन यो अभियान सञ्चालन गरिएको हाइजिनले जानकारी दिएको छ । यस अभियान अन्तर्गत विभिन्न किसिमका सेफ्टी अल्ट्रा स्यानिटरी प्याडहरु ल्याएको बताइएको छ ।

हाइजिनद्वारा जारी वित्रप्तीमा भनिएको छ, ‘चाहे त्यो महिनावारीकै समयमा किन नहोस् । परिस्थितिलाई मनन गरेर, हामीले विभिन्न किसिमका सेफ्टी अल्ट्रा स्यानिटरी प्याडहरु प्रस्तुत गरेका छौं, जुन अत्याधुनिक प्रविधिहरुबाट उत्पादन गरिएका स्वच्छ, सुरक्षित र विश्वासिला उत्पादन हुन् ।’

सेफ्टी स्यानिटरी प्याड विराटनगरमाअवस्थित नेपाली स्यानिटरी प्याड निर्माता हो । यो ब्राण्ड नेपाली बजारमा विगत १० वर्षदेखि स्थापित छ । सेफ्टी स्यानिटरी प्याडहरु यसको सुलभ मुल्य र गुणस्तरका कारण बजारमा लोकप्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment