Comments Add Comment

दुईवटा भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ

२९ माघ, काठमाडौं । दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक डांगीसँग विवाद हुँदा बन्दुकले मार्छु भनी बन्दुक निकालेका थिए । सोही सूचना प्रहरीले पाएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment