Comments Add Comment

च्याम्पियन्स लिगः पीएसजीले म्यान्चेस्टर युनाइटेडलाई हरायो

Photo Credit : च्याम्पियन्स लिग

१ फागुन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेष्टर युनाइटेडलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडलाई उसैको मैदानमा २-० गोलअन्तरले हराएको हो । पीएसजीको जितमा प्रिस्नेल किम्पेम्बे र केलियन एम्बाप्पेले गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको दोस्रो हाफमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । म्यान्चेस्टर युनाइटेडले भने पाएको अवसरलाई पनि खेर फाल्दा हारबाट जोगिन सकेन ।

किम्पेम्बेले ५३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पीएसजीले जितेको हो ।

त्यस्तै, च्याम्पियन्स लिगअन्तर्गत नै प्रिक्वाटरफाइनलको खेलमा इटालियन क्लब रोमाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment