
नायिका आना शर्मालाई अहिले प्रेमको दुनियाँले छोएको छ । चलचित्रको करिअर कम प्रेमको यात्रामा उनी बढी दौडिएकी हुन् कि भन्ने आभाष चलचित्र क्षेत्रले गरेको छ । उनले अभिनय गरेको ‘द म्यान फ्रम काठमाण्डौ’ रिलिज हुँदैछ । यो बाहेक उनले अरु चलचित्रमा काम गरेकी छैनन् ।
उनै आना अहिले प्रेममा मस्त छिन् । उनी, सोनम शेर्पाको प्रेममा छिन् । सोनमसँग केही समययता प्रेममा रमाएकी आना उनको सफलतामा साथ पनि दिइरहेकी छिन् । आना शर्माले प्रेम दिवसको दिनमा एउटा तस्बिर पोष्ट गरेकी छिन् । उनले पोष्ट गरेको तस्बिरमा उनी र उनका प्रेमी एक अर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।
आनाले लेखेकी छिन्–‘प्रत्येक दिन प्रेमदिवसको महशुश हुन्छ ।’ आनाले आफू सोनमको प्रेममा सधै नै प्रेमको महशुश गर्ने बताएकी छिन् । आना र सोनमको प्रेमले सुखद गन्तव्य सधै रोजिराखोस्, हाम्रो शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4