Comments Add Comment

बर्थ डेमा सुष्माले भनिन्–‘फिल्म बनाउँदैछु, बिहे अहिले गर्दिनँ’

नेपाली चलचित्रमा बोल्ड छवि बनाएकी नायिका सुष्मा कार्कीले भ्यालेन्टाइन डेको दिनमा आफ्नो जन्मदिन सेलिव्रेशन गरेकी छिन् । उनले जन्मदिनको अवसरमा भनिन्–‘मलाई भ्यालेन्टाइन डे भनेको के हो र कसरी मनाउँछन् भन्ने आजसम्म थाहा छैन । आफूले सधै परिवार, आफन्त र पत्रकारसँग बर्थ डे मनाउने गरेको उनको भनाई थियो ।’

सुष्मा कार्कीलाई शुभकामना दिनका लागि चलचित्र क्षेत्रका केही कलाकार बर्थ डेमा पुगेका थिए । निर्देशक दीपाश्री निरौला, नायिका नीता ढुंगाना, कलाकार निर्मल शर्मा, अनुराग कुँवर लगायत बर्थ डेमा पुगेका थिए ।

नायिका कार्कीले मिडियासँगको कुराकानीमा आफूले चाडै नै होम प्रोडक्शनबाट चलचित्र बनाउन लागेको बताइन् । उनले भनिन्–‘अहिले म विदेशको कार्यक्रममा धेरै नै व्यस्त छु । चाडै नै आफ्नै प्रोडक्शनबाट चलचित्र पनि निर्माण गर्दैछु ।’
सुष्माले बिहे र प्रेमको बारेमा पनि बोलिन् ।

उनले, आफू अहिले प्रेममा नरहेको स्पष्ट पारिन् । यस्तै, बिहेको बिषयमा पनि अहिले केही नसोचेको उनको भनाई छ । उनले भनिन्–‘अहिले नै बिहे गर्ने कुनै योजना छैन । गरे भने मिडियालाई भनिहाल्छु नी ।’

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment