Comments Add Comment

थलीलाई बोयर बाख्राको श्रोत केन्द्र बनाइँदै

३ फागुन, डोटी । जोरायल गाउँपालिका-४ को थली गाउँलाई बोयर बाख्राको श्रोत केन्ऽका रुपमा विस्तार गरिने भएको छ ।

गाउँपालिकाको ‘एक गाउँ एक उत्पादन’ नीति अनुसार थलीलाई अष्ट्रलियन जातको बोयर बाख्राको श्रोत केन्द्रको रुपमा विकास गर्न लागिएको हो ।

गाउँपालिकाको ६ लाख लगानीमा गाउँका सबै २७ परिवारलाई प्रति परिवार एक-एक वटा बोयर बाख्राका पाठी बितरण गरिएको गाउँपालिका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले वताए । गाउँमा तीनवटा बोयर बोका (५० प्रतिशत क्रस) वितरण गरिएको छ ।

उक्त गाउँलाई बोयर बाख्राको गाउँपालिकास्तरीय श्रोत केन्ऽका रुपमा बिस्तार गर्न लागिएको जोरायल गाउँपालिका पशु सेवा इकाई प्रमुख मानबहादुर रानाले बताए । उक्त गाउँमा उत्पादन भएका बोयर जातका बाख्रा अरु ठाउँमा लैजान सकिने गरी योजना भइरहेको उनले बताए ।

गाउँपालिकाको दुर्गम क्षेत्र मानिने भौगोलिक रुपमा अग्लो डाँडामा रहेको थली गाउँमा सवै २७ जनजाती परिवार बस्दै आएको छ ।

भौगोलिक रुपमा उक्त गाउँ बाख्रा पालनका लागि उपयुक्त भएको पशु सेवा ईकाई प्रमुख रानाले वताए । सो गाउँका तीन बाख्रापालक किसानलाई व्यवसायिक बाख्रापालन सम्बन्धी आधारभूत तालिम समेत प्रदान गरिएको रानाले वताए ।

जोरायल गाउँपालिका ‘कृषि र पशुपालन, समृद्धिको आधार’ भन्ने मान्यताका साथ अगाडि बढिरहेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताइन् । उनले भनिन्, ‘परम्परागत रुपले नभइ व्यवसायिक रुपमा बाख्रापालन गर्न कृषकहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियान थालिएको हो ।’

गत वर्ष जोरायल गाउँपालिकाका सबै ६ वटै वडाहरु समेट्ने गरी अन्य ठाउँमा ९ वटा बोयर बोका वितरण गरिएको थियो ।

यसवर्ष पनि गाउँपालिका पशु सेवा इकाइको १० वटा बोयर बोका वितरण गर्ने तयारी रहेको छ । बाख्राको खोर सुधारमा ५० हजारका दरले १० जना किसान छनौट भइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment