
चलचित्र ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली कपाल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा लोकलयको यो गीत सार्वजनिक गरिएको हो । एउटा खेलाडीको सफलतापछि गाउँमा हुने सेलिव्रेशनको थीममा यो गीत खिचिएको छ । रेनशा वान्तवा राइले यो भिडियोको कोरियोग्राफी गरेकी हुन् ।
गीतमा मेलिन राई र एसडी योगीको स्वर, एसडी योगीकै शब्द तथा संगीत छ । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नायक अनमोल केसीको साथमा नायक भूवन केसी र नायिका निरुता सिंहलाई देख्न सकिन्छ । भूवन केसीले करिब ८ बर्षपछि पर्दामा कमब्याक गरेका हुन् । निरुता र अनमोलले पहिलो पटक पर्दा शेयर गरेका हुन् । सुदिप बरालले यो चलचित्र खिचेका हुन् ।
यो चलचित्रले एउटा यूवाको संघर्ष र फूटबलको कथा भन्छ । गीतले छोटो समयमा नै राम्रो भ्यूज पाएको छ । फागूण १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
प्रतिक्रिया 4