+

बिग ब्यासको फाइनलमा सन्दीपको टीमको प्रतिद्वन्द्वी मेलबर्न रेनिगेट्स

२०७५ फागुन  ३ गते १७:५३ २०७५ फागुन ३ गते १७:५३
बिग ब्यासको फाइनलमा सन्दीपको टीमको प्रतिद्वन्द्वी मेलबर्न रेनिगेट्स

३ फागुन, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटको उपाधिका लागि मेलबर्न रेनिगेट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोलीले सिड्नी सिक्सर्सलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । जितसँगै बिग ब्यासको फाइनलमा डर्बी भिडन्त हुने भएको हो ।

शुक्रबार १८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेमो मेलबर्नले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मेलबर्नका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १८० रन बनाएको थियो । सिड्नीका लागि जोश फिलिपे र ड्यानियल हुग्हेसले समान ५२–५२ रन बनाएका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय