Comments Add Comment

चीनले पर्यटकलाई सागरमाथा बेसक्याम्प जान रोक्यो

काठमाडौं । चीनले सागरमाथा आरोहणको अनुमति नभएका पर्यटकहरुका लागि बेसक्याम्प जान रोक लगाएको छ । अब पर्यटकहरु बेसक्याम्प भन्दा तल अर्थात ५ हजार २०० मिटरसम्म मात्र जान सक्नेछन् ।

फोहोरको समस्या समाधानका लागि भन्दै चिनियाँ अधिकारीहरुले यो कदम चालेका हुन् ।

धेरै आरोहीहरु नेपालमा पर्ने दक्षिणी मोहडाबाट सागरमाथा आरोहण गर्छन् । तर, पछिल्लो वर्षहरुमा तिब्बततर्फबाट आरोहण गर्नेहरु पनि बढ्दो छ । तिब्बतमा पर्ने बेसक्याम्पमा कारबाट जान सकिने भएका पनि बढी लोकपि्रय छ । जबकी नेपालतर्फ दुई साताको यात्रामा मात्र पुग्न सकिन्छ ।

चिनियाँ पर्वतारोहण संघका अनुसार २०१५ मा ४० हजार मानिस बेसक्याम्प गएका थिए । नेपालतर्फ भने २०१६/१७ मा ४५ हजार पुगेका छन् ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार साधारण पर्यटकलाई समुन्द्री सतहबाट ५ हजार मिटर उचाईमा रहेको रोंगबुक स्तुपामा नै रोकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment