Comments Add Comment

बिहेपछि बर्षाले भनिन्–‘अब संजोगलाई ‘बुढा’ भन्न पाएँ’

नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरे ।

बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन । किनकी, मेरो अबको १० दिनपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन छ । बरु, मलाई भनिदिनुहोस् कि, यो मेहेन्दीको दाग कसरी हटाउने ?’ यस्तै, नायक संजोग कोइरालाले आफ्नो पनि केही नयाँ काम सुरु गर्नु परेको र बर्षाको पनि २ वटा चलचित्रको काम भएकाले केही समय हनिमुनको योजना नबनाएको बताए ।

बिहे भएपछि के फरक हुँदोरहेछ भन्ने प्रश्नमा संजोगले भने–‘महशुश त त्यस्तो केही पनि भएन । तर, मानिसहरुको आर्शिवाद पाउँदा झसक्क भइँदो रहेछ ।’नायिका बर्षा राउतले भने अब आफूले संजोगलाई ‘बुढा’ भन्न पाएको बताइन् । मोबाइलमा आफूले ‘दुलाहा राजा’ भनेर संजोगकको नाम सेफ गरेको बताए ।

बिहेको दिनमा आँशु आयो कि आएन भनेर प्रश्न सोध्दा बर्षाले भनिन्–‘पक्कै पनि अन्माउँदा रुन आउँदा रहेछ । म रुन्न भनेर सोचेकी थिएँ । तर, माहोल हेरेपछि म रोएँ ।’भाइहरु पनि रोएपछि आफू रोएको बर्षाले बताइन् । यस्तै, संजोगले करिब ७ बर्ष लामो यात्रामा कहिले झगडा गरेको त कहिले खुशी भएको भन्दै सफल भएको महशुश गरेको बताए ।

बर्षा–संजोगको बिहे पार्टीमा प्रियंकादेखि आँचलसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment