Comments Add Comment

बर्षा–संजोगको बिहे पार्टीमा प्रियंकादेखि आँचलसम्म

बिहिबार बैबाहिक जीवनमा बाँधिएका नायक संजोग कोइराला र नायिका बर्षा राउतले आज काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गरेका छन् । उनीहरुले आयोजना गरेको पार्टीमा करिब ५ सय मानिसहरुको उपस्थिती थियो ।

पार्टीमा चलचित्र क्षेत्रमा मानिसहरुको उपस्थिती भने अन्यको तुलानामा कम देखियो । पार्टीमा विशेषगरि, नायिका राउतले काम गरेका चलचित्रका टिम बढी सहभागी थिए । चलचित्र ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकारहरु प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, नायिका स्वस्तिमा खड्का पार्टीमा सहभागी थिए ।

यस्तै, चलचित्र ‘दाल भात तरकारी’का निर्माता किरण केसी, नायिका आँचल शर्मा पनि पार्टीमा पुगेका थिए । चर्चित हाँस्य कलाकार हरिवंश आचार्य श्रीमती रमिला आचार्यको साथमा पार्टीमा पुगेका थिए । यस्तै, गीतकार भोला रिजाल, कलाकार राजाराम पौडेल, निर्मल शर्मा, कलाकार आमेष भण्डारी लगायत पनि पार्टीमा पुगेका थिए । नायक शिव श्रेष्ठ पत्नी र छोराको साथमा पार्टीमा पुगेका थिए । यस्तै, चलचित्र क्षेत्रका विभिन्न कलाकार, वितरक, चलचित्र निर्माताहरु पनि पार्टीमा देखिए । पार्टीमा पुग्ने अधिकांश चलचित्रकर्मीले बर्षा र संजोगकको जोडी सुहाएको भन्दै उनीहरुलाई शुभकामना दिएका थिए ।

करिब ७ बर्ष लामो प्रेम सम्बन्धलाई बर्षा र संजोगले बिहेमा परिणत गरेका हुन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment