Comments Add Comment

किन एक्लिइन कट्रिना ?

कट्रिना कैफको प्रेम जीवन बक्ररेखामा दौडिरहेको छ । कहिले प्रेम-रोमान्स त कहिले ब्रेकअपको चक्रमा घुमिरहेकी यी अभिनेत्री अहिले भने ‘सिंगल’ छिन् ।

सलमान खानसागको लामो अफेयरपछि रणबीर कपुरको अंगालोमा बाधिन पुगेकी थिइन्, उनी । रणबीरसाग समुन्द्री किनारमा रोमान्स गरेकोदेखि छुटै फ्ल्याट लिएको खबरले उनी छाइरहिन् । कतिसम्म भनियो भने, रणबीर र कटरिनाले विवाहको तयारी गरिसकेका छन् ।

तर, उनीहरु छुटिए ।

कटरिना र रणबीरको ब्रेकअपसागै यो हट जोडीका फ्यान निराश भएका थिए । अहिले रणबीर आलिया भट्टसागको अफेयरमा छन् । रणबीर आलियासाग डेट गरिरहेको खबर छाइरहादा कट्रिना भने एक्लो जीवन बिताइरहेकी छिन् । उनको लभ-लाइफको चर्चा सेलाएको छ ।

यसैबीच उनले आफ्नो रिलेशनशिपको बारेमा कुराकानी गरेकी छिन् । उनलाई सोधियो कि, अहिले उनी किन कसैसाग डेट गरिरहेकी छ्रैनन् ?

जवाफमा कट्रिनाले भनिन्, ‘मलाई थाहा छैन कि, म दोस्रो पटक कोसाग फेरी डेट गर्न पाउनेछु ?’

उनी यत्तिमै रोकिएनन् । अगाडि थपिन्, ‘म पूर्ण रुपले सिंगल हुा ।’ यतिबेला कट्रिना सिंगल छिन् । तर, उनका समवयी अभिनेत्रीहरुले घरजाम गरिसके ।

लामो समय अविवाहित रहेकी पि्रयंका चोपडाले बिहे गरिन् । सोनम कपुर, दीपिका पादुकोण, अनुष्का शर्माले घरजाम बसाए । यही प्रसंग जोड्दै सोधिएको प्रश्नमा कट्रिनाले हास्दै भनेकी छिन्, ‘हो, मैले देखेकी छु कि सबैले विवाह गरिसके । प्लिज कोही मलाई पछाडि नछोड ।’

अहिले कट्रिना अली अब्बास जफरको फिल्म ‘भारत’मा व्यस्त छिन् । शाहरुख र आमिर खानसाग स्त्रिmन साझेदार गरेपनि उनको पछिल्लो फिल्म बक्स अफिसमा असफल रह्यो । ठग्स अफ हिन्दुस्तान, जीरो जस्तो फिल्म फ्लप भयो । अब कट्रिना अर्का खान अर्थात सलमानसाग देखा पर्दैछिन् । हुन त कट्रिनाका पूर्व प्रेमी मात्र होइन, गडफादर पनि मानिन्छ सलमानलाई । सलमानकै कारण कट्रिनाले आफ्नो करियरलाई उचाईमा पुर्‍याएको टिप्पणी पनि बेलाबखत आउने गर्छ ।

यसअघि उनीहरुको अनस्त्रिmन जोडीलाई दर्शकले रुचाइसकेको छ । फिल्म ‘भारत’बाट पनि यो जोडीले अपेक्षा गर्न सक्छन् ।

खासमा पि्रयंका चोपडा ‘भारत’बाट अलग भएपछि कट्रिनालाई उक्त स्थानमा लिइएको थियो । यस फिल्ममा कट्रिना र सलमानका साथै शशांक सनी अरोडा, सुनील ग्रोवर, ज्याकी श्राफ, दिशा पटानी र नोरा फतेही जस्ता कलाकार देखिनेछन् ।

सलमान र कट्रिनाको यो फिल्म कोरियान फिल्म ‘ओड टु माई फादर’को रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment