
लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका निर्देशक मोहित सुरी अब बदला र थ्रिलर कथामा नयाँ चलचित्र बनाउँदैछन् । यो चलचित्रका लागि उनले नायक आदित्य रोय कपुर र नायिका दिशा पटानीलाई फाइनल गरिसकेको खबर सार्वजनिक भएको छ ।
दिशा र आदित्यलाई फाइनल गरेसँग मोहितले अब नायक अनिल कपुरलाई पनि चलचित्रमा फाइनल गरेका छन् । दिशा र अदित्यको साथमा अनिलले पनि चलचित्रमा संझौता गरेको भारतीय मिडियामा उल्लेख छ । उनको भूमिका पनि चलचित्रमा नायक–नायिकाको बराबर भएको बताइएको छ ।
मोहितले यो चलचित्र गोवामा छायांकन गर्ने तयारी पनि गरेका थिए । तर, सस्पेन्स र थ्रिलर कथामा बन्ने भएकाले अब यो चलचित्र गोवामा छायांकन गरिनेछैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4