+
+
Shares

जुनियरलाई होच्याउने मेरा दुश्मनः अनमोल (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ५ गते १६:४८

नायक अनमोल केसीको व्यस्तता अहिले बढेको छ । चलचित्र ‘क्याप्टेन’को प्रचारमा दौडिरहेका अनमोल यसपटक केही गम्भिर देखिएका छन् । आफ्नै होम प्रोडक्शनको चलचित्र र दर्शकको अपेक्षा पनि धेरै भएकाले अनमोल यसपटक प्रचारमा पनि गम्भिर देखिएका हुन् । यो चलचित्रका लागि उनले धेरै नै मिहिनेत गरेको बताउँछन् । फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

अनलाइनखबरसँग चलचित्र र करिअरको बारेमा कुराकानी गर्दै नायक केसीले धेरै कुरा शेयर गरेका छन् । उनै, अनमोलले अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा कुरा गर्दैै रमाइलो जवाफ पनि दिए । अनमोललाई पहिलो प्रश्न थियो, तपाई नायिकाद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मामा को रोज्नुहुन्छ ? जवाफमा अनमोलले भने–‘एक्सनमा साम्राज्ञी, ब्यूटिफूल भूमिकामा आना ।’

अनमोलले पिता भूवन केसी र हिरो भूवन केसीमा ‘पिता भूवन केसी’ रोजेका छन् । यस्तै, उनलाई ‘होस्टेल कि क्याप्टेन’ भन्ने प्रश्नमा ‘होस्टेल’ रोजेका छन् । अनमोललाई हाम्रो अर्को प्रश्न थियो, निर्देशक हेमराज वीसी कि निर्देशक दिवाकर भट्टराई ? यसमा अनमोलले भने–‘मेरो पहिलो चलचित्र निर्देशन गर्नुभएको र मैले धेरै कुरा सिक्न पाएको कारणले पनि हेमराज वीसीलाई नै रोज्छु ।’

अनमोलसँग गरिएको ‘र्यापिड फायर’को कुराकानी यहाँ हेर्नुहोस्ः

नायक अनमोल केसीले ‘बलिउड नायक साहरुख खानलाई भेट्दा के प्रश्न सोध्नुहुन्छ ?’ भन्ने प्रश्नमा भने–‘तपाई यो स्टारडम कसरी ह्यान्डल गर्नुहुन्छ ?’ उनले, नायिका प्रियंका चोपडालाई भने आफूसँग डेट जानका लागि प्रस्ताव गर्ने सुनाए ।
तपाई पैसाको मामालामा लोभी हुनुहन्छ हो भन्ने प्रश्नमा अनमोलले ‘होइन’ भन्ने जवाफ दिए । बरु भने–‘पैसा टन्नै खर्च गर्नुपर्छ, तर त्यसका लागि टन्नै कमाउनुपर्छ ।’

 

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?