Comments Add Comment

गौतमबुद्ध विमानस्थलका लागि सरकारले दियो थप ४ अर्ब

६ फागुन, काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विमानस्थलका लागि चालु आर्थिक वर्षमा छुट्याइएको बजेट सकिएकाले अर्थ मन्त्रालयले थप ४ अर्ब बजेट रकामान्तर गरिदिएको हो ।

आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शिर्षकबाट थप ४ अर्ब रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त आयोजनाको मुआब्जा वितरणका लागि ५ अर्ब छुट्याएको थियो ।

तर, उक्त रकम सात महिनामै सकिएपछि आयोजनाले थप ८ अर्ब माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको थियो । विमानस्थलका लागि दुई वर्षअघिदेखि झण्डै २८८ विगाह जग्गा अधिग्रहण थालिएकोमा गत आर्थिक वर्ष ०७४/७५ बाटै मुआब्जा बितरण थालिएको थियो ।

७९ विगाहा क्षेत्रफलमा फैलिएको साविकको भैरहवा विमानस्थललाई सबै जग्गा अधिग्रहण पश्चात विमानस्थलको कुल क्षेत्रफल ७१५ विगाहा पुग्ने छ ।
हालसम्म आयोजना प्रभावितलाई १४ अर्ब रुपैयाँ मुआब्जा बितरण भइसकेको छ । मुआब्जामा मात्रै २३ अर्ब खर्च हुने अनुमान छ ।
विमानस्थलको पहिलो चरणको काम सक्न मात्रै २३ अर्ब भन्दा बढी लाग्ने देखिएको छ । दोस्रो चरणमा आयोजना विस्तार गर्दा जग्गा अपुग हुने देखेर अहिले नै अधिग्रहण गर्न लागिएको छ ।

सरकारले अर्का वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिसक्ने बताउँदै आएको छ ।  त्यसैले पनि विमानस्थल सञ्चालन हुनुअगावै जग्गा मुआब्जा वितरण गरिसक्ने तयारी छ ।

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा विमानस्थलका अन्य भौतिक पूर्वाधारको निर्माण शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment