Comments Add Comment

अनुपको दाबी–‘म स्टार बन्न आएको नै होइन’

नायक अनुपविक्रम शाहीलाई धेरै चलचित्र खेल्दै आएको आरोप पनि लाग्दै आएको छ । अनुपविक्रमले आफ्नो भूमिका भन्दा पनि धेरै चलचित्र खेलेको आरोप लागेको लामो समय भैसकेको छ । अनुपको काम गराई पनि त्यस्तै नै देखिएको छ ।

उनै, अनुप कहिले चलचित्रमा नायक त कहिले खलनायक बनेर देखिदै आएका छन् । अनुपले भने–‘म चलचित्र क्षेत्रमा हिरो वा भिलेन बन्न आएको नै होइन । मलाई एउटा कलाकार बन्नु छ र दर्शकको मन जित्नु छ । मलाई स्टार बन्नु पनि छैन ।’

अनुपले चलचित्र असफल हुँदा त्यसको दोष कलाकारलाई मात्र दिन नहुने जवाफ दिएका छन् । उनले, कलाकारले २ दिन मात्र हलमा दर्शक तान्ने बताए । उनले, राम्रो चलचित्र स्टारविना पनि चल्ने र नराम्रो चलचित्र स्टार हुँदा पनि नचल्ने खुलाए ।

चलचित्र ‘कमलेको बिहे’बाट आशावादी रहेका अनुप यो चलचित्र रिलिज नहुँदा चिन्तित छन् । उनले, निर्माता र निर्देशकविचको झगडाको कारण चलचित्र रिलिज हुन नपाएको जवाफ दिएका छन् । पछिल्लो समयमा अनुपले धेरै चलचित्र खेल्दा उनको क्रेज खुम्चदै गएको छ । यसैले पनि अनुपले अब एउटा चलचित्र रिलिज नभएसम्म अर्को नखेल्ने जवाफ दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment