Comments Add Comment

अब यूकेबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा

६ फागुन, काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै बेलायतबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर, बेलायतबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर, यूकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेस नेपालले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment