Comments Add Comment

भारत–पाकिस्तान तनाव कम गर्ने साउदीको प्रयास

७ फागुन, काठमाडौं । साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भारत र पाकिस्तानबीच तनाव कम गर्ने प्रयास गर्ने बताएका छन् ।

मोहम्मद बिल सलमान मंगलबारदेखि भारत भ्रमणमा छन् । त्यसअघि उनी पाकिस्तान पुगेका थिए ।

कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दो छ ।

४० जनाको मृत्यु हुने गरी भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहराएको छ भने पाकिस्तानले भारतले सैन्य आक्रमण गरे जवाफ दिने चेतावनी दिएको छ ।

साउदी अबरका विदेशमन्त्री आदिल अल जुबैरले भनेका छन् कि साउदी अरबको उद्देश्य दुबै छिमेकी देशबीच तनाव कम गर्ने प्रयास गर्ने र मदभेद शान्तिपूर्ण तरिकाबाट हल गर्ने बाटो खोज्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment