Comments Add Comment

लियोनसँग बराबरीमा रोकियो बार्सिलोना, २५ पटक प्रहार गर्दा पनि गोल गर्न सकेन

Photo Credit : च्याम्पियन्स लिग

८ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले लियोनसँग बराबरी खेलेको छ ।

स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु टोली लियोनविरुद्ध अधिकांश बल आफ्नो नियन्त्रणमा राखेपनि बार्सिालोनाले गोल गर्न सकेन । बार्सिलोनाले प्रहार गरेको पटक पटक प्रयास गोलमा परिणत हुन नसक्दा बारबरीमै चित्त बुझाएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि बराबरीमै चिक्त बुझायो । बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज तथा फिलिपे कौटिन्होले प्रहार गरेको प्रत्येक बलमा लियोनका गोलकिपर एन्थोनी लोपेस बाधक बने ।

बार्सिलोनाले गोलको लागि २५ पटक प्रयास गरेपनि लोपेसले विफल बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनासँग लियोनले गोलरहित बराबरी खेल्न सफल भएको हो ।

च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले लियोनसँग अब १३ मार्चमा प्रतिस्पर्धा गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment