Comments Add Comment

आर्मीलाई उपाधि

नेपाल आर्मीले शंकरदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा भएको फाइनलमा आर्मीले बूढानीलकण्ठलाई ६८–६० ले पराजित गर्यो ।

आर्मीका आशिष बस्नेतले १८ अंक जोडे । उपाधिसँगै आर्मीले ४० हजार नगद पुरस्कार पायो भने बूढानीलकण्ठले २० हजार नगदमा चित्त बुझायो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, शंकरदेव कमिटी, अनेरास्ववियु शंकरदेव कमिटी र अनेरास्ववियु क्रान्तिकारी शंकरदेव कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । शंकरदेव ‘ए’ का सौरभ श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सौरभले ९४ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय महासचिव वचन देउजालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १२ टिम सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment