
९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
दिउँसाे ३ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । आगामी फागुन १६ गते परिपक्व हुने रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।
निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
अर्को रिभर्स रिपो पनि राष्ट्र बैंकले जारी गर्ने गरेको छ । रिपोको ठ्याक्कै विपरित रिभर्स रिपो हो । तरलता प्रवाह गर्नका लागि रिपो जारी गरिन्छ भने तरलता खिच्नका लागि रिभर्स रिपो जारी गर्ने गरिन्छ ।
प्रतिक्रिया 4