Comments Add Comment

सुखी नेपालीको नारा पदमा बसेकालाई मात्र : सीपी गजुरेल

९ फागुन, विराटनगर । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सरकार आफ्नो सुविधा वृद्धिका लागि केन्द्रित भएको आरोप लगाएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची–महाकाली अभियानबारे जानकारी गराउन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समृद्धिको सपना बाँडेको सरकार आफ्नै सुविधा बढाउन केन्द्रित भएको बताएका हुन् ।

केन्द्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी हुँदा जनता निराश भएको गजुरेलले बताए । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पदमा बसेकाहरुका लागि मात्र भएको उनको आरोप छ ।

महंगी, महिला हिंसा र गैरकानुनी कारोबार मौलाएको बताउदै गजुरेलले भ्रष्टाचार र दण्डहीनताका अनेक घटनाले सरकार कमजोर बनेको बताए ।

समाजवाद उन्मुख संविधान जारी भएको देशमा स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने बताउदै उनले नेपालमा सरकारले नै माफियाकरण बढाएको बताए ।

सरकारको कार्यशैली विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बोल्न नसकेको उनको गुनासो छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको सरकारको विकल्प संसदबाहिरबाट खोज्नुपर्ने गजुरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment