+
+

पेट्रोल पम्पका लागि मापदण्ड सहज बनाउँदै निगम

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १० गते १४:१२

१० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पका सचालनका लागि आवश्यक पर्ने मापदण्डहरु खुकुलो बनाउने भएको छ । कडा मापदण्डका कारण पम्प सञ्चालनमा कठिनाई परेको भन्दै निगमले यसलाई सहज बनाउने तयारी गरेको हो ।

शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मापदण्डका कारण ग्रामीण भेगमा पम्प सञ्चालन गर्न गाह्रो परेको र शहरी क्षेत्रमा चाप बढेका कारण नयाँ मापदण्ड तोक्न लागिएको निगमका निर्देशक सुशील भट्टले बताए ।

धेरै जग्गा चाहिने मापदण्डले पहाडी क्षेत्रमा पहाड नै फोर्नु पर्ने र काठमाडौंमा नजिकै रहेको पम्प हटाउँदा अर्को पम्पमा ठूलो घुइँचो लाग्न सक्ने भन्दै मापदण्डलाई केहि सहज बनाउन लागिएको उनले बताए । मापदण्ड आज शुक्रबार नै वेबसाइटमा राखिने उनले जानकारी दिएका छन् ।

‘निगममा सबैको साथ पाएको छु’

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले निगममा काम गर्नका लागि आफूलाई सहज भएको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको नेतृत्व लिएर पूर्ण क्षमतामा चल्न सक्ने भएर निगमको जिम्वेवारी पाएका पौडेलले उदयपुर सिमेन्टमा भन्दा निगममा राम्रो काम गर्ने बताए ।

हल्ला भन्दा पनि काममा जोड दिने भन्दै उनले निगमा चाडैं कामको प्रतिफल देखिने दाबी गरे । ‘धेरैले गीत गाउँछन्, मैले अरुले गाएको पुरानो गीत गाउन खोजेको होइन’, उनले भने, ‘म गीत गाउँदिन तपाईंहरुले चाडैं नतीजा पाउनु हुनेछ ।’

उदयपुरमा एक्लै हुँदा पनि उद्योगलाई पूर्ण क्षमतामा चल्ने बनाएको स्मरण गर्दै उनले त्यही सुत्र प्रयोग गरेर निगमलाई पनि नतीजामूखी बनाउने दाबी गरे ।

भर्खरै एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले घोषणा गरेको आन्दोलनलाई पनि आफूले नकरात्मक हिसाबले नलिएको भन्दै उनीहरुको समस्या चाडैं समाधान हुने उनले बताए ।

संसदीय समितिले समेत ग्यासको विषयलाई विशेष चासो दिएको भन्दै उनीहरुको जायज मागहरु पूरा गर्न आफू सकारात्मक रहेको उनले बताए ।

यसैबीच, उनले हाल निगममा राखिएको नागरिक बडापत्र पनि सीडीओ कार्यालयमा राख्ने जस्तो भएको भन्दै यसलाई चाडै फेरबदल गर्ने जानकारी दिए ।

ट्यांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाईसक्ने भन्ने कुरा खुल्ने नयाँ बडापत्र राख्ने काम भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?