Comments Add Comment

रेस्टुरेन्ट कस्टमर सर्भिस एन्ड बार ट्रेन्डिङ तालिम

९ फागुन, काठमाडौं । जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजको आयोजनामा चितवनको नारायणगढ स्थित शुभम होटलमा एक दिने रेस्टुरेन्ट कस्टमर सर्भिस एन्ड बार ट्रेन्डिङ तालिम आयोजना गरियो ।

तालिममा सो क्षेत्रका होटलहरुमा कार्यारत कर्मचारीहरुलाई पाहुनाहरुसंग गर्ने व्यवहार, शिष्टाचार स्वागत, सत्कारका तरिका जस्ता विषयमा र बार ट्रन्डिङ सम्बन्धि विज्ञबाट व्यवहारिक प्रशिक्षण दिएको थियो ।

तालिममा सहभागी हुने होटल कर्मचारीले आफनो जीवन स्तर उकास्न र क्षमता अभिवृद्धि तथा सिप विकास गर्नका लागि सुवर्ण अवसर प्राप्त गरेका छन् ।

सो तालिम प्राप्त गरि सके पछि सेवाको गुणस्तरमा वृद्धि समेत हुने अपेक्षा गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment