Comments Add Comment

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

१२ फागुन, विराटनगर । भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन भएको छ । नेपाली भाषाको झर्राेवादी आन्दोलनका अगुवासमेत रहेका पोखरेलको ८६ बर्षको उमेरमा निधन भएको हो ।

गत माघ ६ गतेदेखि मस्तिष्क घातबाट पीडित पोखरेल काठमाडौं र विराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि विराटनगरस्थित निवासमै आराम गरिरहेका थिए । तर, शनिबार मध्यराति अस्वस्थ भएपछि विराटनगरकै नोबेल मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो ।

बालकृष्णको जन्म सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा भएको थियो । न्यायाधीश शारदाप्रसाद पोखरेल र छायादेवीका साहिला छोरा बालकृष्णले १३ वर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काब्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।

उनी पछिल्लो समय महाकाब्य प्रकाशनको तयारीमा थिए । रुपारानी महाकाब्य ७५ प्रतिशत लेखिसकेको पोखरेल बताउँथे । उनले निधन भएस“गै महाकाब्य प्रकाशित गर्ने इच्छा पनि अधुरै भएको छ ।

कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष अध्यापन गराएका थिए । भारत बनारसमा अध्ययन गर्दा पोखरेलको नेतृत्वमा सुरु भएको नेपाली भाषाको झर्राेवादी आन्दोलन चर्चामा रहेको थियो । उनीसहित डाक्टर तारानाथ शर्मा, चूडामणि रेग्मी, कोशराज रेग्मी लगायत सन् १९५६ मा भर्राेवादी आन्दोलन सुरुवात गरेका थिए । साहित्य लेखनमा समेत सकृय रहेका पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ ले वि.सं. २०२१ सालमा मदन पुरस्कार पाएको थियो ।

पोखरेलका एक छोरा र दुई छोरी छन् । पत्नी शान्तादेवीको २०६७ सालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment