Comments Add Comment

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

१२ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे ।

सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै उनले भने, ‘कसैले पनि जिम्मेवारी लिएको छैन तर, विशेष गरेर यस्ता घटना नेकपा विप्लव समूहले गराउँदै आएको छ ।’

उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र यो
विप्लव समूहको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताए ।

विप्लव समूहको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेको उनले बताए । उनले विगतमा कतिपय अवस्थामा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको उनको विश्लेषण छ ।

गृहमन्त्री बादलले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment