+
+

अश्वमेध महायज्ञको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते २०:१५

१३ फागुन, काठमाडौं । वीरगंजमा हुन लागेको चार दिने अश्वमेध गायत्री महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने भएकी छन् ।

वीरगंज महानगरपालिकाको सहयोगमा अखिल विश्व गायत्री परिवारले आयोजना गर्न लागेको महायज्ञको उदघाटन १९ फागुनमा हुँदैछ ।

देशवासीको साहस, बलबृद्धि र राष्ट्रलाई समर्थ बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको महायज्ञ प्रचार प्रसार सह–संयोजक डा. राजु अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार विश्व गायत्री परिवारका प्रमुख शैलवाला पण्ड्याले सम्बोधन तथा महायज्ञ सञ्चालन गर्नेछन् ।

महायज्ञको २२ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?