१४ फागुन, काठमाडौं । योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मध्यान्ह एक बजे बस्ने बैठकमा ‘निवृत्तभरण कोष विधेयक’ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री खतिवडाले आजको बैठकमा लेखा परीक्षण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, बैठक कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4