Comments Add Comment

हमालले भने–‘भूवनजीसँग मेरो केको दुश्मनी ?’

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका र दर्शकले अत्याधिक मन पराएका दुई नायक हुन्, राजेश हमाल र भूवन केसी । राजेश हमाललाई दिइएको ‘महानायक’को ट्यागमा बेला–बेलामा नायक भूवन केसीले घुमाउरो शैलीमा विरोध गर्दा उनीहरुविच ठूलै दुश्मनी रहेको समेत चर्चा हुने गर्दछ ।

तर, करिअरमा थोरै मात्र चलचित्र एकसाथ गरेका यी दुई नायकले आफूहरुविच कुनै पनि दुश्मनी नभएको स्पष्ट पारेका छन् । राजेश हमालले संचालन गर्दै आएको ‘को बन्छ करोडपति’को सेटमा पुगेका नायक भूवन केसीकै अगाडि नायक राजेश हमालले आफूहरुविच दुश्मनी नभएको स्पष्ट पारेका छन् ।

हमालले भने–‘भूवनजीसँग मेरो के को दुश्मनी हुनु ? यस्ता कुरा खै कहाँबाट आउँछ, आउँछ ?’ हमालले अगाडि भने–‘उहाँ आफ्नै बाटोमा हुनुहुन्छ, म आफ्नै बाटोमा छु । हामीविचमा कहिले पनि प्रतिस्पर्धा भएन । हामीले काम गर्दा उहाँले धेरै फिल्म खेलेर मैले काम नपाएको अवस्था पनि थिएन । मैले काम गरेर उहाँले काम नपाएको अवस्था पनि थिएन । म भ्याइनभ्याई चलचित्रमा काम गरिरहेको थिएँ, उहाँले भ्याइनभ्याई काम गरिरहनुभएको थियो ।’

नायक भूवन केसीले पनि आफूहरुविच कहिले पनि दुश्मनी नभएको स्पष्ट पारे । नायक राजेश हमालले ठट्यौली भाषामा भने–‘यो १६ बर्षको जवानसँग भूवन केसीको के को दुश्मनी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment