१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।
मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’
सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ७ जना थिए ।
यो पनि पढ्नुहोस् : हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4