+
+
Shares

प्रधानमन्त्रीले भेटे मन्त्री अधिकारीका परिवार

शंकर गिरी शंकर गिरी
२०७५ फागुन १५ गते २०:३८

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवारलाई भेटेका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र मन्त्रीहरु पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीकी पत्नी, छोराछोरी र आमाबुबालाई भेटेर समवेदना व्यक्त गरेका छन् ।

यसअघि बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

गृहमन्त्रालयले दुर्घटना खराब मौसमका कारण भएको जनाएको छ । यद्यपि, सरकारले घटनाबारे छानविन पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको छ ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?