Comments Add Comment

लिग लिडर लिभरपुलको फराकिलो जित

Photo Credit : प्रिमियर लिग

१६ फागुन, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे ।

नवौं मिनेटमा नै मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा मानेले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो ।

एक पछि अर्को गोल गर्ने क्रममा ७९ औं र ८२औं मिनेटमा डिज्कले गोल गर्दै लिभरपुललाई ५–० गोलको जित दिलाए ।

शीर्ष स्थानमा रहेका लिभरपुलले जितसँगै २८ खेलबाट ६९ अंक बनाएको छ । पराजित वाटफोर्डको २८ खेलबाट ४० अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment