Comments Add Comment

सन्दीपको टिम लाहोरले आज कराचीसँग खेल्दै

१६ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले बिहीबार कराँची किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लिगको चौथो स्थानमा रहेको लाहोरले पुछारमा रहेको कराँचीसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कराँचीलाई पराजित गर्दै लाहोर लिगको प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

नेपालका युवा खेलाडी सन्दीप लामिछाने टिममा पर्ने लगभग पक्का जस्तै छ । किनभने सन्दीपले जादुमयी प्रदर्शन गर्दै क्वेटा ग्लाडिएटर्सविरुद्ध बुधबार सम्पन्न खेलमा लाहोरलाई जित दिलाएका थिए ।

सन्दीपले ग्लाडिएटर्सका अग्रपंक्तिका चार खेलाडीलाई सस्तैमा समेटेका थिए । उनले चार ओभर बलिङ गर्दै मात्र १० रन खर्चेर चार विकेट लिए । यो खेलमा सन्दीप म्यान अफ द म्याच घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment