+
+

‘चच हुई’मा आर्यनसँग मिरुनाको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १३:२०

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेर अहिले परिवारसँग छन् । तर, गर्भवती रहेकी श्रीमती सपनालाई उनले धेरै समय दिन पाएका छैनन् । उनी, आजै निर्देशक साम्तेन भुटियाको नयाँ चलचित्रका लागि जोमसोम पुग्दैछन् ।

यो चलचित्रको नाम ‘चच हुई’ राखिएको छ । चलचित्रको छायांकनका लागि यसको निर्माण टिम जोमसोम पुगिसकेको छ । यो चलचित्रको छायांकन जोमसोम, पोखरा, काठमाण्डौ हुँदै हङकङसम्म हुनेछ । चलचित्रलाई लाइट कमेडी कथामा निर्माण गर्न लागिएको हो ।

यो चलचित्रमा नायक आर्यन सिग्देलको जोडीको रुपमा नायिका मिरुना मगरले काम गर्दैछिन् । मिरुना मगर पछिल्लो समय व्यस्त देखिएकी छिन् । नायक आर्यन सिग्देलका अनुसार चलचित्रको छायांकनका लागि लामो समय लाग्नेछैन । उनी, यो चलचित्रलाई लिएर उत्साहित भएको बताउँछन् ।

अमृत घलेले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । नायक आर्यन सिग्देल बैशाखमा सन्तानको पिता बन्दैछन् । त्यसअघि नै यो चलचित्रको छायांकन सकेर परिवारलाई पुरा समय दिने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?