+
+
Shares

‘लुम्बिनी फ्लोरा’ निकाल्न वनस्पतिविदको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते २०:२६

१७ फागुन, काठमाडौं । वनस्पतिविदहरूले गौतम बुद्ध र लुम्बिनीसँग जोडिएका वनस्पतिहरूको यकिन विवरण समेटेर ‘फ्लोरा अफ ग्रेटर लुम्बिनी’ प्रकाशन गर्न सुझाव दिएका छन् ।

वनस्पति समाज नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन । वनस्पति क्षेत्रमा फ्लोरा प्रकाशनलाई राज्यको ढुकुटी जत्तिकै महत्वपूर्ण मानिन्छ ।

वनस्पति विभागमा आयोजित कार्यक्रममा फ्लोरा नेपालका प्रधान सम्पादक डा. मार्क वाट्सन र समाजका अध्यक्ष प्रा.डा. मोहन शिवाकोटीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

बुद्ध र लुम्बिनीसँग सम्बन्धित वनस्पतिबारे लामो अध्ययन गरेका डा. शिवाकोटीले लुम्बिनी धार्मिक बगैचा, देवदह, रामग्राम, तिलौराकोट, कुडान, गोटीहवा, सगरहवा, निग्लीहवा, अरौरकोट, सिसहनीय लगायतका क्षेत्रका वनस्पतिको विवरण समेटेर ‘फ्लोरा अफ ग्रेटर लुम्बिनी’ निकाल्नुपर्ने सुझाव दिए ।

सन् २००२ मा गरेको एक अध्ययन अनुसार लुम्बिनी क्षेत्रमा ७५ परिवारका ३५४ प्रजातिका वनस्पति पाईन्छ ।

‘बुद्ध एण्ड बोटनी’ शीर्षकका कार्यपत्र प्रस्तुत गरेका फ्लोरा नेपालका प्रधान सम्पादक डा. मार्कले नेपालमै पाइने र बुद्धको जीवनसँग जोडिएको वनस्पति रोप्नु पर्ने सुझाव दिए । एउटै प्रजातिको

धेरै वनस्पति लगाउनु भन्दा धेरै किसिमको प्रजातिको वनस्पति लगाउनुपर्ने उनको सुझाव छ ।

लुम्बिनी विकास कोषले वृक्ष रोपण गर्दा वनस्पति विभागसँग सम्पर्क नगरेको विभागका एक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘वनस्पति जस्तो विषयमा विज्ञको सल्लाह विन आफ्नै तरिकाले लगाउनु सही होइन ।’

नेपाल एसिया महाद्वीपका ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थल भए पनि ‘फ्लोरा अफ नेपाल’ को सबै भाग अझै प्रकाशन हुनसकेको छैन । इरान–टर्कीदेखि जापान–मलेसियासम्मका फूल फुल्ने, नफुल्ने, उन्यु, झेउ, लेउ, च्याउ, ढुसी, सुक्ष्म जीव लगायतका वनस्पति पाइन्छ । नेपालमा पाइने ३२४ फूल फुल्ने, १३१ च्याउ तथा ढुसी, २ उन्यु र ३० वटा काई प्रजातिका वनस्पति अन्त कँही पनि पाइदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?