Comments Add Comment

‘हेल्लो जिन्दगी’मा श्वेता खड्का फाइनल, सलोन र विल्सन पनि जोडिए

होम प्रोडक्शनको चलचित्र ‘कान्छी’मा काम गरेपछि सुस्ताएकी नायिका स्वेता खड्काले नयाँ चलचित्रमा संझौता गरेकी छिन् । उनले, चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्न लागेकी हुन् । यो चलचित्रका लागि उनले केही दिन अगाडि मात्र संझौता गरिन् । नायिका खड्काले यो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गरेकी छिन् ।

चलचित्रमा उनको साथमा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रम जोशी लगायतका कलाकार अनुबन्धित भइसकेका छन् । चलचित्रको बाल–कलाकारको रुपमा अनुभव रेग्मी पनि फाइनल छन् । यो चलचित्रलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । जसले यसअगाडि बनाएको ‘ठूली र भैरे’ चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल भएको थियो । बोहराका अनुसार, अन्य केही चलचित्र फाइनल हुन बाँकी नै छ ।

मार्चको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रलाई लण्डन र स्विजरल्याण्डमा खिचिने बताइएको छ । बाँकी कलाकार छनोट गरेर लण्डन उड्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

‘विरन्जना इन्टरटेन्टमेन्ट’ र ‘महारानी इन्टरटेन्टमेन्ट’को संयुक्त व्यानरमा निर्माण हुने यो चलचित्रमा हिराल जोशीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्माताको रुपमा भने श्रृजना जोशी महर्जन छिन् । पुरुषोत्तम प्रधानले खिच्ने यो चलचित्रमा अर्जुन पोखरेल, बसन्त सापकोटा र एलिश कार्कीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment