Comments Add Comment

मन्त्रीले सचिवलाई आँगालो हालेको समाचार नछाप्ने ?

पत्रकारितामा नयाँ प्रयोग ‘सोलुसन जर्नालिज्म’

पत्रकारिताले समाजमा भएका बेमेललाई होइन, मेलमिलापका झिना मसिना कुरालाई समेत प्राथमिकता दिनुपर्छ । पत्रकारिताको बजार अहिले बेग्लिएको छ । अश्लिल सामग्री, संवेदनसिल विषय वस्तु तथा विज्ञापन जस्ता समाजलाइ नकारात्मक असर पार्ने र समाजमा खासै महत्व नराख्ने विषयमा खर्च भई रहेको छ ।

पत्रकारिता क्षेत्रले यो श्रोतलाई विकास मुलक कार्य संग सरोकार राख्ने, समाज विकासका लागि खास महत्व राख्ने विषयमा खर्च गर्ने हो भने समग्र नेपालको विकास र शान्ति प्रक्रियालाई दिगोपन दिन आधार स्तम्भको रुपमा विस्तारित हुने छ ।

भर्खरै काठमाडौमा भएको एक विचार बहस कार्यक्रममा वरिष्ठ पत्रकार तथा विज्ञ भारतदत्त कोइरालासँग भएको छलफमा केन्द्रित एक कार्यक्रममा नेपालमा मौलाइरहेको पीत पत्रकारिताप्रति चिन्ता व्यक्त गर्दै अब नेपालमा ‘सोलुसन जर्नालिज्म’को अवधारणालाई नेपाली पत्रकारिताले पछ्याउन आवश्यक रहेको उहाँले बताउनुभएको थियो ।

के हो ‘सोलुसन जर्नालिज्म’ ?

सन् उन्नाइसको दशकतिरदेखि नेपालमा विकास पत्रकारिताको अवधारणा अवतरण हुँदै अहिले यो अवधारणामा थप ‘सोलुसन जर्नालिज्म’का रुपमा रुपान्तरित हुँदैगरेको अवस्था छ । विकास पत्रकारिताकै अवधारणाको नयाँ बज वर्डका रुपमा नयाँ शब्दका रुपमा आएको हो ।

पत्रकारिताले समाजमा भएका समस्यालाई मात्र उजागर नगरेर ती समस्याका खास समस्याका के हुन् ? कारण के के हुन्, सोको समाधानसँग सरोकार राख्ने तत्व के–के हुन सक्छ र विगतमा त्यस्तैखाले समस्या समाधानका लागि गरे÷गराएका समस्या समाधानका उपायहरु तथा उदाहरणमुलक कार्य केके हुन् ? यी सबै प्रश्नको जवाफ दिने समाधानमुलक पत्रकारिता नै ‘सोलुसन जर्नालिज्म’ हो ।

झण्डै झण्डै खोज पत्रकारिताकाकै सबै दर्शन समेटिएको नजिकको पत्रकारिता यसलाई भन्न सकिन्छ । तर, खोज पत्रकारिताले समाधान नदिन सक्छ, समस्याकै बारेमा गहन खोज हुन सक्छ । तर, समाधानमूलक नहुन पनि सक्छ । तर, सोलुसन पत्रकारिता समस्या समाधानका उपाय सहितको पत्रकारिता हो ।

विश्व सन्र्दभमा, एक राष्ट्रमा भए गरेका घटनाक्रमले सवै राष्ट्रमा पर्ने गरको छ । नेपालको अस्थिर राजनीतिका कारण उत्पन्न भएको सामाजिक आर्थिक राजनैतिक लगायतका समस्याले विश्कै अर्थतन्त्रमा प्रभाव पारेको छ । नेपालबाट विस्थापित भएका द्वन्द्वकालीन नागरिकहरुको आप्रवासनका कारण पलायन भएका राष्ट्रहरुले समेत थप समस्या भोग्न परेका बेलामा विश्व समाचारमार्फत सूचना मिल्छ ।

जापानमा अहिले शरणार्थी नेपालीको संख्याका कारण उत्पन्न विभिन्न समस्या जापान सरकारका लागि अहिले टाउको दुखाइको विषय बनेको छ । त्यस्तै अन्य राष्ट्रमा भएका द्वन्द्वका कारण नेपालले समेत थप समस्या बेहोर्नुपरेको छ । नेपालमा भएका शरणर्थीहरु को व्यवस्थापन अहिले नेपालका लागि समस्या बनेको छ ।

यस्ता थुप्रै समस्याहरुको समाधानको खोजीसहितको पत्रकारिता अहिलेको ‘सोलुसन जर्नालिज्म’को बजारले माग गर्दछ । देश र समाज विकाससँग प्रत्यक्ष सरोकार राख्ने शान्ति विकास र समावेशी समतामुलक समाजका लागि ‘सोलुसन जर्नालिज्म’ले निकास दिने वातावरण तयार गर्दछ ।

नेपाल अहिले शान्ति प्रक्रियामा छ । दशवर्षे द्वन्द्वले छिन्नभिन्न भए गरेका राज्य संयन्त्र, राजनैतिक आर्थिक र सामाजिक सांस्कृतिक लगायतका अवस्था बाट पार लगाउन अव दिगो शान्तिको आवश्यकता छ, जसको संस्थापनका लागि ‘सोलुसन जर्नालिज्म’ले निकास दिन सक्दछ । यसका लागि व्यापक रुपमा ‘सोलुसन जर्नालिज्म’ले पिस जर्नालिज्मलाई केन्द्रविन्दुमा राखेर शान्तिका बहस, लेखन र पुनरावलोकन गर्न आवश्यक छ ।

के पनि भनिन्छ भने नेपालको सामाजिक सदभाव जोगाउन यदि कुनै निकायलाई प्रयोग गर्ने हो भने सर्वप्रथम पत्रकारितालाई पहिलो प्राथकितामा राख्न आवश्यक छ । छिटो सरल र सहज उपलब्ध हुने पत्रकारिताको माध्ययमबाट दिगो शान्तिको बहस चलाउन सकिन्छ ।

अहिलेको पत्रकारितामा बेमेल र समस्यालाई बढाई चढाई सूचना सामग्री पस्कने परम्पराले क्रमशः जरो गाड्दै गएको अवस्था छ । एउटा मन्त्रीले एउटा सचिवलाई पिटेका समाचारलाई प्राथमिकता दिने हो वा मन्त्रीले सचिवलाई अंगालो हालेर बात मारेको तस्वीर राख्ने हो ? यस्ता संवेदनशील घटनालाई पत्रपत्रिका, अनलाइन, रेडियो सामाजिक सञ्जाल लगायत पत्रकारिताले त्यसलाई स्कुप मार्नेतिर लिगलिगे दौड चल्छ अचेलका पत्रकारितामा ।

खाँटी कुरा के पनि हो भने, पत्रकारिता सूचनाको संवाहक बनेर मात्र पुग्दैन । तर, पत्रकारिताले आफूले प्रवाह गर्ने सूचनाले समग्र राष्ट्रितामा, विकासमा र सामाजिक सदभावका सूचक दिगो शान्तिमा कस्तो प्रभाव पर्छ, त्यसको आँकडा र मूल्यांकन गर्न सक्ने र विवेकशीलता प्रयोगको क्षमता पत्रकारितामा हुन आवश्यक छ ।

देशका लागि असल नागरिक आवश्यक रहन्छ भने, नागरिकका लागि शान्त र समृद्ध देशको आवश्यकता पर्छ । जहाँ आत्म सम्मानका साथ देशको नागरिक भएको महसुस गर्न पाउनु नागरिकको मानव अधिकारका रुपमा स्थापित हुन जरुरी हुन्छ ।

समाजमा भएका उत्पीडित , बहिस्कृत र सीमान्तकृत समुदायहरु, आदिवासी जनजाति मधेसी तथा महिला लगायतका माग भावना र आवश्यकतालाई सम्वोधन गर्न राज्यलाई निर्देशित गर्न त्यसबाट उत्पन्न भइरहेका वा हुन सक्ने सम्भावित समस्यालाई समाधान गर्ने समेतका उपाय र सम्भावना समेत दिन सक्ने पत्रकारिता अहिले नेपाली पत्रकारिताको बजारमा हट केक बन्दै गएको छ विज्ञहरुको नजरमा ।

तर, नेपालमा पत्रकारहरुलाई यसको विशेषज्ञता दिलाउन खासै कुनै तालिमको आवश्यकता महसुस न त सञ्चारगृहहरु त्था व्यावसायिक संगठनहरुले गर्न सकेका छन्, न त राज्य संयन्त्रले यसको आवश्यकतालाई प्राथमिकतामा राख्न सकेको छ । एक किसिमले यो शब्दावली नै नयाँ अवधारणाका रुपमा आएका कारण यो पत्रकारिताको आवश्यकताबारे व्यापक छलफल र बहस हुन आवश्यक छ ।

‘सोलुसन जर्नालिज्म’को मुख्य ध्येय पत्रकारिताबाट प्रवाह हुने सूचना, सूचना मात्रै नभएर देखिएका समस्या समाधान समेतका उपाय र सुझावसहितको पत्रकारिता लाई प्रयोग गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment