
१९ फागुन, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान सुरु गरेको छ ।
संगठनको दस्तावेजसहित शुक्रबार विप्लवका १७ कार्यकर्ता पक्राउ परेका थिए । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद लिइसकेको छ ।
पक्राउ पर्ने सबै जिल्ला तहका नेताहरु रहेका छन् । प्रहरीले उनीहरुको साथबाट दुई थान हम्मर, फलाम काट्ने कटर, नेपाल विद्युत प्राधिकरणलाई चन्दाको लागि लेखेको पत्र, फौजी दस्तावे लगायतका सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
विप्लवका कार्यकर्ता संगठन विस्तारका क्रममा काभ्रे, दोलखा, जाजरकोट लगायतका जिल्लामा काम सकेर सिन्धुपाल्चोकको कार्कीटार आइपुगेका थिए ।
खाना खाएर एकै ठाउँमा सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा विप्लवको पार्टीका जिल्ला सदस्यहरु रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल, मेलम तामाङलगायतका रहेका छन् ।
प्रतिक्रिया 4