Comments Add Comment

‘हृवावे मेट ट्वान्टी प्रो’लाई सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार

२१ फागुन, काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस-एमडब्लुसी २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट हृवावे कन्ज्युमर बिजनेस ग्रुप बीजीले पुरस्कार प्राप्त गरेको छ ।

सो मोबाइल वर्ल्ड कंग्रेसमा हृवावेको ‘मेट ट्वान्टी प्रो’ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार पनि जित्न सफल भयो ।

शक्तिशाली कार्यक्षमता, सर्वोत्कृष्ट क्यामरा प्रणाली, लामो समयसम्म टिकाउ हुने ब्याट्री, नवीन प्रविधियुक्त चार्जिङ र आकर्षक डिजाइनका लागि ‘मेट ट्वान्टी प्रो’ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार हासिल गरेको हो ।

विश्वभर रहेका प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट उत्पादनहरू र उत्कृष्ट अनुभव प्रदान गर्ने र अग्रणी प्रविधिहरू प्रयोग गर्ने हृवावेको प्रतिबद्धतालाई यो पुरस्कारले प्रमाणित गरेको छ ।

‘हृवावेको मेट ट्वान्टी प्रो लाई दिएको यो सम्मानका लागि जीएसएमएलाई धन्यवाद दिन चाहन्छौँ । हृवावेको मेट ट्वान्टी सिरिजमा कम्पनीको सबैभन्दा नवीन डिएनए र सबैभन्दा महत्त्वपूर्ण रूपमा अभूतपूर्व प्रविधिले प्रयोगकर्ताहरूलाई मोबाइलफोन प्रयोगको अतुलनीय र उत्कृष्ट अनुभव प्रदान गर्दछ’, हृवावे कन्ज्युमर बिजीअन्तर्गतको हृयान्डसेट बिजनेसका अध्यक्ष केभिन हो ले भने ।

उनले थपे, ‘हृवावे मेट ट्वान्टी प्रो को उच्च बिक्रीको आँकडाले विश्वभरका ग्राहकहरूको माया र विश्वास जितेको पुष्टि गर्दछ। अभूतपूर्व प्रविधिमार्फत् हामी हाम्रा ग्राहकहरूसमक्ष सर्वोत्कृष्ट उत्पादनहरू र अनुभव प्रदान गर्न सदा प्रतिबद्ध छौँ ।’

जीएसएमएद्वारा सुरूमा मनोनीत र त्यसपछि सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार प्राप्त हृवावे मेट ट्वान्टी प्रो हृवावेको ˆयाल्गशीपको पछिल्लो स्मार्टफोन हो ।

हृवावेको मेट ट्वान्टी प्रोमा विश्वकै पहिलो ७ एनएम मोबाइल एआई किरिन ९८० जडान गरिएको छ जसले मोबाइलफोनलाई उच्च कार्यक्षमता र टिकाउ ब्याट्री प्रदान गर्छ।साथै यो स्मार्टफोनले ४० वाट हृवावे सुपरचार्जलाई सपोर्ट गर्दछ, जुन बजारमा उपलब्ध सबैभन्दा छिटो चार्ज हुनेमध्येको एउटा सलुसन हो ।

त्यसैगरी १५ वाट हृवावे वायरलेस क्वीक चेन्ज र वायरलेस माध्यममार्फत् अन्य मोबाइल फोनहरू र अन्य विद्युतीय उपकरणहरू पनि चार्ज गर्न मिल्ने रिभर्स वायरलेस चार्जिङ पनि यो स्मार्टफोनले सपोर्ट गर्दछ ।

यस स्मार्टफोनको पछाडि लाइका अल्ट्रा वाइड लेन्सजडित म्याट्रिक्स क्यामरा प्रणाली जडान गरिएको छ। यसबाट वाइड एंगल फोटोग्राफी र टाढाको दूरीमा रहेको तस्वीरहरू पनि खिच्न सकिन्छ ।

हृवावेको मेट ट्वान्टी प्रो मा इएमयूआई ९.० जडान गरिएको छ जुन हृवावको प्रकृतिबाट प्रेरित एन्ड्रोइड कस्टम अपरेटिङ प्रणाली हो । त्यसमा इशाराबाट नेभिगेसन हुने र अन्य फोनहरूमा नभएका कैयौँ नयाँ विशेषताहरू रहेका छन् ।

जीएसएमएले विश्वभरका मोबाइल संचालकहरूको प्रतिनिधित्व गर्दछ र यसको बृहत् मोबाइल इकोसिस्टक अन्तर्गत ७ सय ५० भन्दा बढी संचालकहरू र ३ सय ५० भन्दा बढी कम्पनीहरूलाई एकताबद्ध गर्दछ ।

जीएसएमएले वाषिर्क रूपमा बार्सिलोना, लस एन्जलस र सांघाईमा मोबाइल वर्ल्ड कंग्रेस-एमडब्लुसी कार्यक्रमहरू र मोबाइल ३६० सिरिजको क्षेत्रीय सम्मेलनहरूको आयोजना गर्ने गर्दछ ।

‘ग्राहक- पहिला’ भन्ने मूलमन्त्रबाट अभिप्रेरित हृवावेले सबै मानिसहरूले डिजीटल जीवनको फाइदाहरू उपभोग गर्न सकून् भनेर प्रतिबद्ध छ ।

फाइभ जी प्रविधि आगमनका क्रममा रहेपनि हृवावेले फाइभ जीका पूरै उत्पादनहरूको विकास गरिसकेको छ र प्रयोगकर्ताहरूलाई पूर्ण सिन्क्रोनाइज्ड अनुभव प्रदान गर्ने गर्दछ ।

मोबाइल वल्र्ड कंग्रेस-एमडब्लुसी २०१९ मा हृवावेले कम्पनीकै पहिलो फाइभ जी फोल्डेबल फोन हृवावे मेट एक्स, हृवावे मेटबुक एक्स प्रो, हृवावे मेटबुक फोरटिन र हृवावे मेटबुक थर्टिन तथा हृवावे फाइभ जी सीपीई प्रो पनि सार्वजनिक गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment