Comments Add Comment

सप्तरीमा ४८ शहीद परिवार सम्मानित

२१ फागुन, सप्तरी । पञ्चायतकालदेखि हालसम्मका विभिन्न आन्दोलनमा शहीद भएकाहरुको परिवारलाई एउटै मञ्चमा सम्मान गरिएको छ ।

शहीद जनस्मृति प्रतिष्ठानले सदरमुकाम राजविराजमा आयोजना गरेको कार्यक्रममा जिल्लाका ४८ शहीदका परिवारलाई सम्मान गरिएको हो । पञ्चायतकाल, जनयुद्वकाल, जनआन्दोलन, मधेश आन्दोलनमा सप्तरीबाट शहादत दिएकाको परिवारलाई सम्मानित गरेका हौं’ प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री उमेश यादवले भने, ‘यो प्रतिष्ठान मार्फत् शहीदहरुलाई सम्झिनुका साथै यथासक्य तिनका परिवारलाई सहयोग गर्ने लक्ष्य लिएका छौं ।’

शहीद सप्ताहको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पञ्चायतकालमा वेपत्ता बनाइएका तिलाठीका साकेतचन्द्र मिश्रदेखि मलेठ घट्नामा मारिएका पाँच जनाको परिवारसम्मलाई सम्मान गरिएको छ । शहीद परिवारबाट आउनेलाई माला तथा अबीर लगाएर महिलालाई साडी र पुरुषलाई दोसल्ला प्रदान गरियो ।

आफूले बुझेको र जानेका अनुसार जिल्लाबाट विभिन्न समयमा सहादत्त दिएकाहरुलाई स्मरण गर्दै सम्मान गरेको बताउँदै प्रतिष्ठानका अध्यक्ष यादवले भने, ‘शहीद र शहीद परिवारलाई लक्षित गरी हामी बिभिन्न गतिविधि गरिरहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment