+
+

गभर्नरले भने– बैंकको कामकारबाही हेरेर राष्ट्र बैंक बोल्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १२:२४

२२, फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकको कामकारबाही अनुसार राष्ट्र बैंकले मुख खोल्ने बताएका छन् । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक उद्घाटन समारोहमा गभर्नर नेपालले बैंकहरुको गतिविधि राष्ट्र बैंकले नियालीरहेको र कामकारबाही हेरेपछि मात्रे बोल्ने बताए ।

‘पूर्वाधारको अत्यन्त आवश्यक रहेका बेला हामीले यो बैंकलाई सञ्चालन अनुमति दिएका छौं, बैंकको सफलताको कामना गर्दछु’ गभर्नर नेपालले भने, ‘म यहाँ धेरै केहि बोल्न चाहान्न बैंकको कामकारबाहीपछि राष्ट्र बैंकले आवश्यक कुरा बोल्दै जानेछ ।’

उद्घाटन समारोहमा करिब १ मिनेटको मात्रै सम्वोधन गरेका नेपालले इन्फ्रास्ट्रक्चर बैंकलाई आफ्नो उद्देश्य भन्दा विपरित काम नगर्न निर्देशन समेत दिए । निश्चित उद्देश्यका लागि मात्रै बैंकलाई सञ्चालन अनुमति प्रदान गरिएको भन्दै उनले आफ्नो उद्देश्यमा बैंक सधैं लागिरहनेमा आफू विस्वस्त रहेको समेत बताए ।

यो बैंक पुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, निजी कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा यस बैंकले इजाजत पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?