Comments Add Comment

पौवादुङका ३३ वटै सामुदायिक विद्यालयमा कम्प्युटर र विद्यतीय हाजिरी

२२ फागुन, भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा प्रविधिमैत्री पठनपाठनको लागि भोजपुरको पौवादुङ्मा गाउँपालिले २८ सामुदायिक विद्यालयलाई कम्प्युटर, इन्भटरसहितको सोलार सेट र विद्युतीय हाजिरी उपकरण हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले विजुली नपुगेका ११ विद्यालयलाई इन्भटरसहित एक सय वाटको सोलार, एक/एक थान कम्प्यूटर र विद्युतीय हाजिरी मेशिन वितरण गरेको छ ।

त्यस्तै १० वटा विद्यालयलाई एक/ एक थान कम्प्युटर र ई-हाजिरी वितरण गरिएको छ । पहिला नै कम्प्यूटर जडान गरिएका ७ विद्यालय भने हाजिरी मेशिन दिइएको छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट ४ लाख ५० हजारको इन्भटरसहितको सोलार, ११ लाख ५० हजारको कम्प्युटर र ४ लाख बराबरको २८ वटा हाजिरी मेशिन गरी कुल २० लाख बराबरको सामान खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम भटट्राईले बताए ।

गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य संस्थामा पनि तत्कालै विद्युतीय हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।

विद्यालयलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख किरण राईले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तथा सिकाइलाई सहज बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षकको नियमित उपस्थितिको साथै विद्यार्थीहरुलाई प्रविधिमैत्री सिकाईका लागि गाउँपालिकाले रणनीति तयार गरेर अगाडि बढ्ने बताए ।

गाउँपालिकाको यो अभियानसँगै अब पौवादुङ्मा गाउँपालिकाको ६ वटै वडाका आधारभूत तथा माध्यामिक गरी सबै ३३ विद्यालयहरुमा कम्प्युटर र विद्युतीय हाजिरी मेशिनको उपलब्धता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment