Comments Add Comment

पीएसजीलाई पछि पार्दै युनाइटेड च्याम्पियन्स लिगको क्वारटफाइनलमा

Photo Credit : च्याम्पियन्स लिग

२३ फागुन, काठमडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वारफटाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन क्लब (पीएसजी) लाई ३–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टर युनाइटेडले क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेग र दोस्रो लेग गरी समग्रमा दुवै टिमको ३–३ गोल भएको थियो ।

पहिलो लेगमा पीएसजीले म्यान्चेस्टर युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको थियो । तर दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै ३–१ गोलअन्तरले पीएसजीलाई म्यान्चेस्टर युनाइटेडले पराजित गरेपछि सम्रगमा दुवै टिमको ३–३ गोल भएको थियो । यस्तो अवस्थामा अवे गोलको आधारमा म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यता, पीएसजी भने च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।

दोस्रो लेगको खेलमा पीएसजीलाई ३–१ गोलअन्तरले पराजित गर्ने क्रममा रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कुस राष्फोर्डले एक गोल गरे । यता, पीएसजीका जुहान बेर्नाटले गोल फर्काएका थिए ।

खेलको दास्रो मिनेटमा नै म्यान्चेस्टर युनाइटेडका रोमेलु लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको १२औं मिनेटमा बेर्नाटले गोल गरेपछि पीएसजीले १–१ गोलको बराबरी बनाएको थियो । ३०औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै आफ्नो टिम म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्नका लागि अझै एक गोल गर्नु नै पर्ने थियो । खेलको ९० औं मिनेटसम्म पनि पीएसजी नै सम्रगमा अघि थियो । पीएसजीका खेलाडी पनि आफ्नो टिम क्वाटरफाइनलमा पुग्नेमा ढुक्क थिए । त्यसैले यही नतिजामा खेल अन्त्य गर्न चाहन्थे । तर खेलको इन्जुरी टाइममा म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पायो ।

भिडियो एसिस्टेन्ट रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिएपछि राष्फोर्डले गोल गर्दै आफ्नो टिमलाई ३–१ गोलको जीत मात्रै नभई क्वाटरफाइनलमा नै पुर्‍याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment