Comments Add Comment

ग्याल्बो ल्होसारमा प्रधानमन्त्रीको शुभकामना

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।

ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको बताए ।

‘नेपाल आफैंमा एउटा संग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता आफैंमा गौरवको विषय हो’, ओलीले सन्देशमा भनेका छन्, ‘‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।’

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment