Comments Add Comment

फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचर

सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो ।

फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।

गत वर्ष अक्टोबरमा भएको F8 सम्मेलनका क्रममा फेसबुकले मेसेन्जरमा डार्क मोड फिचर ल्याउने घोषणा गरेको थियो । मेसेन्जरको डार्क मोड फिचरले प्रयोगकर्तालाई छुट्टै अनुभुति दिलाउनेछ ।

मेसेन्जरमा यसरी एक्टिभेट गर्नुस् डार्क मोड फिचर

फेसबुक मेसेन्जरमा डार्क मोड फिचर एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले तपाइँले च्याटमा कुनैपनि मित्रलाई अध्रचन्द्र आकारको इमोजी अर्थात् crescent moon पठाउनु पर्नेछ ।

उक्त इमोजी पठाएसँगै तपाइँको मेसेन्जरमा डार्क मोड फिचर उपलब्ध रहेको सन्देश प्राप्त हुनेछ । त्यसपछि तपाइँले मेसेन्जरको settings  मा गएर Dark Mode लाई  On गर्नुपर्नेछ ।

डार्क मोड फिचर अन गरेसँगै मेसेन्जरको ब्याकग्राउण्ड अँध्यारो हुनेछ । तपाइँ मेसेन्जरको सेटिंग्समा गएर डार्क मोड अफ पनि गर्न सक्नुहुन्छ ।

फेसबुकले पछिल्लो समयमा आफ्ना मेसेन्जर प्रयोगकर्ताका लागि धेरै फिचरहरु थप गर्दै आएको छ । मेसेन्जरको इन्टरफेसलाई अपडेट तथा रिडिजाइन समेत गरिएको छ । यसका अलावा अनसेन्ड मेसेजको फिचर पनि थप गरिएको छ ।

साथै सोसल नेटवर्किङ्ग प्लेटफर्म ह्वाट्सएप, मेसेन्जर तथा इन्स्टाग्रामलाई एकिकरण गर्नका लागि समेत फेसबुकले काम गरिरहेको समाचार केही समयअघि सार्वजनिक भएको थियो । सन् २०११ मा सुरु भएको फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या झण्डै डेढ अर्ब रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment