Comments Add Comment

शिवमको देवदर्शन योजनामा चौंथो चरणको लक्की-ड्र

२३ फागुन, काठमाडौं । ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत पुनः चौथो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरुको नाम लक्की-ड्र गरी सार्वजनिक गरिएको छ ।

यसअघिनै पहिलो, दोस्रो र तेस्रो चरणको लक्की-ड्र गरी ३६० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं-गोसाईकुड-काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्ने कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

चौथो चरणको लक्की-ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी पोखराबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं, हेटौंडा र जनकपुरमा भएको लक्की-ड्र मा ३६० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।

योजनामा हालसम्म २४० कुपन मार्फत ४८० जना छनौट भई सकेका छन् । यस योजना अन्र्तगत जम्मा ४८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण काठमाडौं-गोसाईकुण्ड यात्रा अन्र्तगत २०२ जनाथप गरी ६८४ जना भाग्यशाली विजेताहरु छनौट हुनेछन, तसर्थ अझै १०२ कुपन अन्तर्गत २०४ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीका सञ्चार विज्ञ गौतमले जानकारी दिए ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं-गोसाईकुण्ड-काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की-ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुलेे उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत स्योरसटपुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment