+
+

हिन्दु राष्ट्रका लागि आन्दोलन गर्ने जबरा र लोहनीको उद्घोष

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते १७:०९

२३ फागुन, जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेताहरुले हिन्दु राष्ट्रको पक्षमा चरणबद्व आन्दोलन गर्ने उद्घोष गरेका छन् । उनीहरुले मुलुकमा संवैधानिक राजतन्त्रको आवश्यता रहेको समेत बताए ।

राप्रपा (संयुक्त) को प्रदेश २ स्तरीय भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्षद्धय राणा र लोहनीले संसारको एक मात्र हिन्दु राष्ट्रलाई हटाएर कांग्रेस, कम्युनिष्टले नेपाल र नेपाली जनतासँग अन्याय गरेको बताए । ‘८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बली भएको राष्ट्रलाई धर्म निरपेक्ष बनाएर कांग्रेस, कम्युनिस्टले अन्याय गरेको छ’ पार्टी अध्यक्ष जबराले भने, ‘यो अन्यायविरुद देशको कुना-कुनामा हामी आन्दोलन गर्‍छौं ।’

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान नै हिन्दु राष्ट्र भएको बताउँदै यो पहिचानलाई मेटाउनु भनेको नेपाललाई मेटाउनु सरह भएको बताए । उनले हिन्दू राष्ट्रका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताए ।

बेलायत, जापान जस्ता शक्तिशाली मुलुकमा पनि राजा भएको भन्दै उनले ‘शाषणका लागि होइन, उपस्थितिका लागि राजतन्त्र चाहिन्छ ‘ ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म

दुबै अध्यक्षले बर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । ‘केपी ओली नेतृत्वको सरकारले आफू मात्रै भ्रष्टाचार गरेन,’ जबराले भने, ‘भ्रष्टाचारलाई वडासम्म विकेन्द्रीकृत गरेको छ ।’

दुई तिहाइको शक्तिशाली सरकारले जनताले दिएका सुनौला अवसरलाई खेल फालेर भ्रष्टाचारमा पल्केको उनले बताए । ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना प्रतिस्पर्धा बिना एउटा ठेकेदार कम्पनीलाई दिएर भ्रष्टाचारको ठूलो उदाहरण पस्केको छ ।’

अर्का अध्यक्ष लोहनीले बर्तमान सरकार जे गरेर भएपनि पैसा कमाउने नीति लिएको दाबी गरे । ३३ किलो सुन र बाइडबडी भ्रष्टाचारमा प्रत्यक्ष रुपमा सरकार संलग्न रहेको भन्दै उनले भने, ‘न बाघ चाल, न बुद्वी चाल, अहिलेको सरकारले गोटी चालबाटै पैसा कुम्ल्याउनेमा ध्यान केन्द्रीत गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?