Comments Add Comment

यूकेएडसँगको सहकार्यमा नबिल बैंकले ल्यायो ‘नबिल सजिलो कर्जा’

२३ फागुन, काठमाडौं ।नबिल बैङ्कले साना तथा मझाैला उद्यम (एसएमई)लाई लक्ष्य गर्दै नबिल सजिलो कर्जा स्किम ल्याएको छ । यूकेएड सक्षमसँगको साझेदारी परियोजनाअन्तर्गत नबिलले साना व्यवसायका लागि यस्तो कर्जाको योजना ल्याएको हो ।

चार करोड रुपैयाँसम्म व्यापार कारोबार भएका उद्योगलाई साना उद्योगको परिभाषा दिँदै एक करोड ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने बैङ्कले बताएको छ ।

बुधबारबाट औपचारिक सुरु भएको यो योजनाको ब्याजदर एक वर्षसम्म १०.५ प्रतिशत रहने बताइएको छ । क्रेडिक तथा लिक्विडिटी क्रन्च आएको खण्डमा पनि बैङ्कले एक वर्षसम्म तोकिएको ब्याजदर नबढाउने बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले बताएका छन् ।

साथै एसएमईका लागि कर्पोरेट तथा मझ्यौलाभन्दा फरक ऋण प्रक्रिया बनाउन सहजीकरण पनि भइरहेको बताइएको छ ।

एसएमईका लागि बैङ्कले प्रक्रिया, समय र ब्याजदरमा सहजीकरण गरेको सीईओ शाहको दाबी छ । उनले यो ऋणका लागि धरौटी र परियोजनाको आकार दुवै आधार हुने पनि बताएका छन् ।

बैङ्कले सन् २०२० को मध्य जुलाईसम्म एसएमईमार्फत सात अर्ब ऋण दिने योजना राखेको सीआईओ शाहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment