Comments Add Comment

मानव अधिकार संगठनका अध्यक्षविरुद्ध बम दिदीबहिनी अदालत गए

स्थानीय महिला अधिकारकर्मी र पत्रकारलाई पनि विपक्षी बनाइयो

२४ फागुन, कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका रोशनी बम र बबिता बमले मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

बम दिदीबहिनीका नामले परिचित रोशनी बम र बबिता बमले विहीबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । रोशनी बम निर्मलाकी साथी हुन् । उनैको घरबाट फर्किएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

अर्याल नेतृत्वको मानव अधिकार संगठनको टोलीले निर्मला हत्याकाण्डको स्थलगत प्रतिवेदनमा रोशनीकी दिदी अनितालाई डान्स बारमा काम गर्ने उल्लेख गरेको थियो । अर्यालले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बम दिदी बहिनीको चरित्र शंकास्पद रहेको र उनीहरुको घरमा भीआइपीहरुको आवत-जावत हुने गरेको बताएका थिए ।

बम दिदीबहिनीले सो प्रतिवेदनबाट आफूहरुको चरित्र हत्या भएको भन्दै जिल्ला अदालतमा गाली बेइज्यतीको मुद्दा दायर गरेको स्रोतले बतायो ।

मुद्दामा स्थानीय महिला अभियन्ता भक्ति फुलारा र पत्रकार खेम भण्डारीलाई पनि विपक्षी बनाइएको जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

यो पनि पढ्नुस्–सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment